Contributor, ParbatNepal
9 years ago
1973
पर्वत वेलफेयर सोसाइटी यूके ले अप्रिल २२ मा नयाँ वर्ष शुभकामना साँझ गर्ने भएको छ । पर्वत वेलफेयर सोसाइटी यूके को फेब्रुअरी १२ मा बसेको बैठकले अप्रिल २२ मा नेपाली नया वर्ष शुभकामना साँझ आयोजना गर्ने निर्णय गरेको हो ।
अल्डरसटको एम्पाएर हलमा हुने उक्त कार्यक्रम सफलतापुर्बक आयोजना गर्न संस्था का सल्लाहकार मान प्रसाद गुरुङ को संयोजकत्वमा कमिटि समेत गठन गरिएको सोसाईटीका अध्यक्ष दधी आचार्यले बेनीअनलाइनलाई बताए । उनका अनुसार बैठकले यूकेमा आयोजना हुने नेपाली समुदायको नयाँ बर्षको कार्यक्रममा समेत सहभागिता जनाउनु निर्णय गरेको छ । संस्थाको स्थापना संगै पर्वत जिल्लाबाट यूकेमा बसोबास गर्ने पवर्तबासीलाई सदस्यता विस्तार, आजिवन सदस्यको ब्यवस्था समेत गर्ने अध्यक्ष आर्चायले बताए ।
हालसम्म २१ जनाले आजिवन सदस्यता लिएका छन् । संस्थाले सामाजिक तथा परोपकारी अभियानमा समेत सक्रियता देखाउने प्रतिबद्धता जनाएको छ । यूकेमा जिल्ला, गाविस, वडा, समुदाय लगाएत विभिन्न नाममा रहेका नेपाली संघसंस्थासंगको सम्बन्धलाई बलियो बनाउन कार्यक्रममा सहभागिता सहित विभिन्न रचनात्मक कार्यक्रम समेत गर्ने बैठकले निर्णय गरेको छ ।
सोसाईटीका अध्यक्ष दधि आचार्यको अध्यक्षता, महासचिव भरत पौड्यालको सञ्चालनमा भएको बैठकमा उपाध्यक्ष सन्जीव गुरुङ, कोषाध्यक्ष नेत्र आले, सचिव विनोद पुरी, सदस्य भिम पुर्जा, अंग गर्बुजा, मेख तिजिजा, गंगा र्खोजा, हितकाजी गुरुङ, मानप्रसाद गुरुङ, सल्लाहकार पुरन गिरी, याम भण्डारी, मानप्रसाद गुरुङ, काजी गुरुङ, जुवारीलाल गुरुङ, गुप्त आले, धन बहादुर गुरुङ, संस्थापक महासचिव युवन गुरुङलाई स्वागत गरिएको थियो । सोही अवसरमा भुपु कार्यसमिति का कोषाध्यक्ष दिपक जोशीलाई विदाई समेत गरिएको थियो ।
