Contributor, ParbatNepal
7 years ago
2311
पर्वत
अन्तराष्ट्रिय पर्वत समाजको बृहत भेला डिसेम्बर २७ मा हुने भएको छ । जन्मस्थान पर्वत भई विभिन्न कामको शिलशिलामा विदेशमा रहेका पर्वतेलीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजको बैठक बेल्जियमको सेन्ट निकलासमा हुने भएको छ ।
उक्त बैठकमा गैर आवासीय नेपालि संघका उपाध्यक्ष कुल आचार्य र निवर्तमान सचिव अर्जुन कुमार श्रेष्ठ लगायत समाजका अग्रजहरुको उपस्थिति रहने जनाईएको छ ।
बैठकले पर्बत जिल्लाको सम्वृद्धि र सम्पन्नताको लागि महत्वपुर्ण निर्णय गर्नेछ । जिल्लामा हुने प्राकृतिक तथा कृत्रिम बिपत्ति एवम् दैबीप्रकोप तथा अन्य बिभिन्न कारणबाट प्रभावित क्षेत्रहरुमा सेवा तथा मानवीय सहयोग गर्ने, विदेशमा रहेका पर्बतेलीहरुलाई अफ्ट्यारो परिस्थितीमा साथ सहयोग दिने, संस्थाको उद्धेश्य लाइ कसरि प्रभावकारी रुपमा अगाडी लैजाने विषयमा बैठकले कार्ययोजना तर्जुमा गर्ने समाजका केन्द्रीय अध्यक्ष पुरण गिरिले जनाए ।
संस्थाले भावि कार्ययोजना, च्यारिटी कार्यक्रम लगायत अन्य बिबिध बिषयमा उक्त बैठकमा महत्वपुर्ण निर्णयहरु गरिनुका साथै बैठक पछि बृहत छलफल समेत हुने समाजका महासचिव गुणराज शर्माले बताए ।
बैठकको व्यवस्थापनका संयोजक श्रीप्रसाद गुरुङले सबै तयारी पुरा भएको जानकारी दिए । उक्त भेलामा चर्चित गायक बसन्त थापा र नर बहादुर बिसीले आफ्नो सांगीतिक कोसेली प्रस्तुत गर्ने कार्यक्रम रहेको पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीले जानकारी दिए । कार्यक्रम डिसेम्बर २७ Hotel De Spiegel Stationstraat 3 9100 Sint मा हुनेछ ।