Contributor, ParbatNepal
6 years ago
2414
पर्वतेलीलाई एकीकृतको अभियानको लागि गठित अन्तराष्ट्रिय पर्वत समाजले सल्लाहकार तथा संरक्षकहरु मनोनित लाई पुर्णता दिएको छ । समाजको अघिल्लो हप्ताको स्काईप बैठकले सल्लाहकार र संरक्षकहरु मनोनित गरेको थियो । समाजले मध्यपूर्वी क्षेत्रबाट दुई जना सल्लाहकार तथा एक संरक्षकको मनोनित गर्ने निर्णय गरेको थियो । संस्थाका महासचिव गुणराज शर्माका अनुसार मध्यपूर्वी क्षेत्रबाट संरक्षक र सल्लाहकारको नाम प्रस्तावित गर्न बाँकी रहेको थियो ।
समाजले मनोनित गरेका संरक्षक र सल्लाहकार नाम यसप्रकार रहेको छ –
प्रमुख संरक्षक हितकाजी गुरुङ
संरक्षकहरु
कुल आचार्य युके
रवि लामिछाने युके,
अर्जुन कुमार श्रेष्ठ, बेल्जियम
गोविन्द सुवेदी बेल्जियम
सुवास जोशी बेल्जियम
दुर्गाप्रसाद श्रेष्ठ अमेरिका,
महेश श्रेष्ठ जापान
मोहन शर्मा युएई
सल्लाहकारहरु
समाजको सल्लाहकारमा स्पेनबाट पुष्प तिमिल्सिना,, गंगा भुषाल र शितल भुर्तेल,
रसियाबाट गोविन्द प्रसाद गौतम र रामेश्वर गौतम,
नेदरल्याण्डबाट ठाकुरप्रसाद शर्मा र प्रेमकाजी गुरुङ,
स्विडेनबाट अर्जुन श्रेष्ठ,
डेनमार्कबाट यामलाल सुवेदी,
लक्जम्वर्गबाट नारायण गुरुङ,
फ्रान्सबाट एकबहादुर मल्ल र सुवर्ण हमाल,
स्विट्जरल्याण्डबाट हिराबल गुरुङ,
बेल्जियमबाट सुरेन्द्र भुषाल, कृष्ण तिवारी, केदार जोशी,, खड्क केसी, श्रीप्रसाद गुरुङ, मेख गुरुङ, बालेन्द्र गुरुङ
युकेबाट ग्याम गुरुङ,
जापानबाट ओम गुरुङ र नारायण सुवेदी
हङकङबाट विद्या गुरुङ र सन्तोष गुरुङ
अमेरिकाबाट, हरिओम प्रधान, आरके भण्डारी र रुद्रबहादुर गुरुङ
अष्ट्रियाबाट दिनेश तिमिल्सिना
कतारबाट चिन्तामणि शर्मा,
युएईबाट बालकृष्ण शर्मा
यस्तै, पर्वत समाज युएईले १९ मार्चमा हुने पाँचौ वार्षिक साधारणसभामा विधान संशोधन गर्ने भएको छ । संशोधित विधानमा पर्वत समाज युएई अन्तर्राष्ट्रिय पर्वत समाजको सदस्य संस्था रहने उल्लेख गरिने समाजका महासचिव कमल लामिछानेले जानकारी दिए । समाजको यो कदमलाई अन्तर्राष्ट्रिय पर्वत समाजले स्वागत गर्दै पर्वत सेवा समाज युएई का अध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष परशुराम पौडेल र पर्वत सेवा समाज युएईका महासचिव एवं अन्तर्राष्ट्रिय पर्वत समाजका सदस्य कमल लामिछानेप्रति आभार व्यक्त गरेको छ ।