Author
ParbatNepal

Contributor, ParbatNepal

6 years ago

1929




पर्वतको सम्बृद्धीको खोजीमा , प्रवासी पर्वतेलीको भेला युएईमा
पर्वतको सम्बृद्धीको खोजीमा , प्रवासी पर्वतेलीको भेला युएईमा

अन्तराष्ट्रिय पर्वत समाजको युएईको दुवईमा हुन गईरहेको बृहत भेलाका लागी पर्वत सेवा समाज युएईले कार्यक्रम तयारी समिती गठन गरेको छ । पर्वत सेवा समाज युएईका महासचिव कमल लामिछानेका अनुसार बृहत भेलालाई सब्य र भव्य बनाउनका निमित्त समाजका संरक्षक सल्लाहकार रहेको ५ सदस्यीय मार्गदर्शन समिती र कार्यसमितीका सदस्यहरु रहेको ७ सदस्यीय तयारी समिती गठन गरेको हो । जस अनुसार मार्गदर्शन समितीमा 

१) अन्तराष्ट्रिय पर्बत समाज संरक्षक -श्री मोहन शर्मा 

२)पर्बत सेवा समाज यु.ए.ई. संरक्षक -श्री खिमानन्द भुर्तेल 

३)पर्बत सेवा समाज यु.ए.ई.बरिष्ठ सल्लाहकार तथा अन्तराष्ट्रिय पर्बत समाज सल्लाहकार  श्री बालकृष्ण अधिकारी 

४)पर्बत सेवा समाज यु.ए.ई. सल्लाहकार तथा अन्तराष्ट्रिय पर्बत समाज सल्लाहकार  श्री गोपिचन्द्र भुसाल 

५)पर्बत सेवा समाज यु.ए.ई. सल्लाहकार श्री प्रकाश सापकोटा

रहेका छन् भने तयारी समितीमा 

१) सस्थाका अध्यक्ष  तथा अन्तराष्ट्रिय पर्बत समाजका उपाध्यक्ष  - परशुराम पौडेल 

२) सस्थाका सस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय पर्बत समाजका सचिव - मणी भुर्तेल 

३) सस्थाका महासचिव तथा अन्तराष्ट्रिय पर्बत समाजका सदस्य - कमल लामिछाने 

४)सस्थाका प्रबक्ता - राजु भुर्तेल 

५)सस्थाका सचिव -तिलक सापकोटा 

६)सस्थाका कोषाध्यक्ष - बिक्रम पौडेल 

७)सस्थाका केन्द्रिय सदस्य - प्रेम प्रसाद सापकोटा

रहेका छन् । 

अागामी फेब्रुअरी २८ र मार्च १मा हुन गईरहेको कार्यक्रममा पहिलो दिन फेब्रुअरी २८ मा अन्तराष्ट्रिय पर्वत समाजको नियमित बैठक र पर्वतेलीहरुको बिशेष भेला गरिने छ भने मार्च १ मा नेपाल बाट अाएका कलाकार र स्थानिय कलाकारहरु सहितको बृहत सांकृतिक कार्यक्रम गरिने अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारि गराउनु भएको छ । 

कार्यक्रमलाइ भव्य रुपमा सम्पन्न गर्न तथा बिभिन्न देशहरुबाट अाउनुहुने पर्वतेलीहरुलाई न्यानो अातिथ्य दिन हर सम्भव प्रयासरत रहेको कुरा कार्यक्रम संयोजक तथा अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष परशुराम पौडेलले जानकारी गराउनु भयो ।

कार्यक्रममा भाग लिनका लागी संसारभर छरिएर रहेका पर्वतेलीहरु उस्साहित रहेको र कार्यक्रमको जानकारी लिन फोन मेलहरु मार्फत सम्पर्कमा अाउने क्रम बढिरहेको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पूरन गिरीले जानकारी गराउनु भएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजको अागामी सेप्टेम्वर अक्टोवरमा नेपालमा हुने अधिबेशनको पूर्व तयारि , अहिले सम्म गरिएका कार्यहरुको समिक्षा , खाडि मुलुकमा रहेका नेपाली कामदारहरुको समस्या र त्यसका समाधानको खोजी , पर्वत जिल्लामा रोजागारी अभिबृद्धिका लागी लगानी र त्यसका लागी अबसर चुनौती र लगानीका क्षेत्रहरु लगायत बिबिध बिषयमा छलफल गरिने बारेमा यस अघि नै जानकारि गराई सकिएको थियो । 

एनआरएनएको केन्द्रिय नेतृत्व तह देखि बिभिन्न देशका एनसिसि हाकी रहेका पर्वतेलीहरु सहित व्यापार व्यवसाय राजनिती समाजसेवा गरिरहेका पर्वतेलीहरुको कुम्भमेलाले केहि सकारात्मक कदम चाल्ने अाशा अाम पर्वतेली र नेपाली समाजको रहेको छ ।

IPS
सम्बन्धित समाचार ( ग्लोबल पर्बत )
सम्बन्धित समाचार ( प्रवास)