Author
ParbatNepal

Contributor, ParbatNepal

7 years ago

2143




पर्बत समाज बेल्जियमद्वारा अन्तरकृया कार्यक्रमको लागि शुभकामना
पर्बत समाज बेल्जियमद्वारा अन्तरकृया कार्यक्रमको लागि शुभकामना

पर्बत समाज बेल्जियमले पर्बत सेवा समाज युएईले पर्बतको  कुश्मामा कार्तिक १० गते आयोजना गर्न लागेको  बिजयादशमी तथा दीपावली शुभकामना आदानप्रदान तथा अन्तरकृया कार्यक्रमको भब्य सफलताको शुंभकामना ब्यक्त गरेको छ।  

पर्बत समाज बेल्जियमका अध्यक्ष  तथा अन्तराष्ट्रीय पर्बत समाजका उपाध्यक्ष झलक केसीले जारी गर्नु भएको शुंभकामना संदेशमा पर्बत समाज युएईलाई बधाई दिदै यस प्रकारका कार्यक्रमले प्रबासमा रहेका पर्बतेहरू बिचको सम्बन्धमा कोसेढुंगा साबित हुने समेत बिश्वास गर्नु भएको छ।  

केसीले सो कार्यक्रममा थप हौसला बढाउन र एकबद्दता जनाउनको लागी पर्बत समाज बेल्जियमबाट अन्तराष्ट्रीय पर्बत समाजका संरक्षक श्री गोबिन्द सुबेदी,  अन्तराष्ट्रीय पर्बत समाजका सदस्य श्री पारस गौतम, श्री अमृत पौडेल र श्री राकेश कर्माचार्य लगायतको उपस्थित हुने ब्यहोरा समेत जानकारी  गराउनु भयो।  

पर्वत सेवा समाज यूएईले कात्तिक १० गते आयोजना गर्न लागेको उक्त कार्यक्रमको लागि संसार भरि छरिएर रहेका पर्वतेहरु कुस्मामा भेला भएका छन्।  राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गर्नुहुने सो कार्यक्रममा प्रदेश ४ का सभामुख नेत्र अधिकारी  ,प्रतिनिधी सभाका सदस्य, मन्त्री, साँसद, नगरप्रमुख, गाउँपालिका अध्यक्ष,गैरआवासीय नेपाली संघ केन्द्रीय  उपाध्यक्ष कूल आचार्य लगायत जिल्लाका बुद्धिजिवी, नागरिक समाज र पत्रकारहरुको उपस्थिती रहने छ ।    

na
सम्बन्धित समाचार ( बेल्जियम )
सम्बन्धित समाचार ( प्रवास)