Author
ParbatNepal

Contributor, ParbatNepal

7 years ago

2480




पर्बत समाज बेल्जियमले असहाय अनाथ बालबालिकाहरूलाई सहयोग गर्ने
पर्बत समाज बेल्जियमले असहाय अनाथ बालबालिकाहरूलाई सहयोग  गर्ने

पर्वत नेपाल, संवाददाता  पर्वत समाज बल्जियमले असहाय अनाथ बालबालिकाहरु प्रति चासो देखाएको   पर्वत जिल्लामा रहेका असहाय अनाथ बालबालिकालाई लक्षित गरेर दश लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने भएको संस्थाले असहाय बालबालिकालाई सहयोग गर्ने उद्देश्यले पहिलो चरणमा बिहादी गाउँपालिकामा रहेको अनाथालय लाई सहयोग गर्ने पर्वत समाज बल्जियमका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो

संस्थाले फलेवास कुश्मा नगरपालिका सहित जलजला, मोदी, महाशिला पैयु गाउँपालिकाका अनाथ बालबालिकाहरूलाई पनि सहयोग गर्ने भएको यसको उद्देश्य असहाय अनाथ बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउनको लागि हो, पर्वत समाज बल्जियमका अध्यक्ष केसीले बताउनु भयो

जिल्लाका विभिन्न नगर गाउँपालिकामा संचालित विद्यालयका पाँच देखी दश जनासम्म असहाय अनाथ बालबालिकालाई स्थापना भएको अक्षयकोषवाट प्राप्त हुने ब्याज मार्फत बर्षनि रकम प्रदान गरिन्छ पर्वत समाज बल्जियमले केही समय अगाडी अनाथ बालबालिकाहरूको  सहयोगार्थ गर्ने उद्देश्यले बेल्जियममा बृहत् च्यारिटि कार्यक्रम गरिएको थियो संस्थाका सल्लाहकार बालेन्द्र गुरुङको संयोजत्वमा गरिएको च्यारीटि कार्यक्रममा Þरीब दश लाख संकलन भएको थियो सल्लाहकार कृष्ण तिवारीको संयोजत्वमा गठित स्थलगत अध्यायन टोलीले दिएको प्रतिवेदन माथि छलफलमा विहादी गाउँमा सबैभन्दा बढि असहाय अनाथ बालबालिकाहरू रहेको गाउपालिकाको सिफारिस सहित प्राप्त भएको हुदा पहिलो चरणमा उक्त गाउँपालिकाको अनाथालय लाई सहयोग गर्ने निर्णय भएकोछ उक्त अनाथालयमा अठार जना बालबालिकाहरू रहेका छन

बेल्जियममा कर्मभूमि बनाई बिभिन्न पेशा ब्यबसाय गरि रहेका पर्बतेहरू एक जुट भई पर्बत समाज बेल्जियम मार्फÞ पर्बतमा स्वास्थ्य शिक्षा लगायक हरेक सामाजिक कार्यहरूहरू गर्दै आईरहेका छन यसै गरि  पर्वत समाज बेल्जियमले जिल्लाका सवै स्थानिय तहमा दिर्घकालिन रुपमा अनाथ बालबालिकालाई सहयोग गर्ने अवधारण बनाएको

सम्बन्धित समाचार ( बेल्जियम )
सम्बन्धित समाचार ( प्रवास)