Contributor, ParbatNepal
6 years ago
2164
मंसिर १८, पर्वत । पर्वतमा जन्मिएर लामो समयदेखी बेल्जियममा बस्दै आएका पर्वतेहरुको साझा संस्था पर्वत समाज बेल्जियमको चौथो अधिवेशन आईतवार हुने भएको छ । डिसेम्वर ८ तारिकका दिन दिउँसो ३ बजे आयोजना गरिएको समाजले संस्थाको आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने जनाएको छ । त्यस्तैगरी बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने र बन्द शत्रवाट नयाँ नेतृत्व चयन गरिने पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो ।
अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न लागिएको उहाँको भनाई छ । अधिवेशनमा संस्थाका पदाधिकारी सहित विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि, पत्रकार सँगै बेल्जियममा बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिती रहने छ । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने समाजले जनाएको छ ।
कार्यक्रममा नेपाली लोकगित संगितका चर्चित गायक कृष्ण गुङरु सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । Emiel Lemineurstraat 72,
2170 Merksem आन्तरपेन शहरमा हुन लागेको अधिवेशनमा सवैलाई सहभागी हुन समाजले अनुरोध गरेको छ । पर्वत समाज बेल्जियम पर्वतेहरुको साझा संस्था हो ।
समाजले जिल्लाको विकास र समृद्धिका निम्ति काम गदै आएको छ । साथै जिल्लामा भैपरि आउने समस्यामा परेका नागरिकहरुलाई समेत समाजले सहयोग गरेको छ भने गरिव, अपाङगता तथा शिक्षा क्षेत्रवाट बञ्चित रहेका बालबालिकाहरुहरुको अध्ययनमा सहयोग पु¥याउँदै आएको अध्यक्ष झलक केसीले बताउनु भयो ।
