Contributor, ParbatNepal
6 years ago
3007
पर्वत– बेल्जियममा बसोवास गर्ने नेवार समूदायको सामाजिक संस्था पासा पुच : बेल्जियमले हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । उक्त संस्थाले हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पीडितलाई एक लाख भन्दा बढि आर्थिक सहयोग गरेको हो ।
चैत्रको दोस्रो साता आएको हावाहुरीका कारण करोडौको क्षतीहुनुका साथै धेरैको ज्यान समेत गएको थियो । हावाहुरीका कारण क्षती भएको थाहा पाउँदा वित्तिकै राहात संकलनमा लागेको पासा चुप : बेल्जियमले संकलन भएको १ लाख २ हजार संस्थाका कोषाध्याक्ष चिजकुमार श्रेष्ठका भाई प्रमोदकुमार श्रेष्ठ मार्फत स्थानीय जनप्रतिनिधीको रोहवरमा जिल्ला प्रशासन कार्यालयको विपद कोषमा जम्मा गरिएको छ ।
संस्थाले विभिन्न च्यारिटी कार्यक्रम गरि बेल्जियममा स्थापित पासा पुच बेल्जियमले हरेक सामजिक कार्यहरुमा सहयोग गदै आएको छ । पासापुच बेल्जियमका अध्यक्ष भीम जोशी‘रोशन’ र महासचिव सुर्य नारायाण श्रेष्ठले विज्ञप्ती जारी गरि सहयोग गर्ने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।
सहयोग गर्ने महानुभावहरुको नामवली यसप्रकार छ ।
Naryan chitrakar 100 euro
Roashan joshi - bhim_ 100 euro
Chij kumar shrestha -silu_100 euro
Anuja pradhan= 50 euro
Birat joshi= 50 euro
Yogendra shrestha= 50 euro
Surya naryan shrestha 50 euro
Hikmat shrestha= 50 euro
Takdir maharajah= 50 euro
Umesh Karmachrya= 50 euro
Shankar shrestha - renu_ 30 euro
Uttam malla= 30 euro
Binod dewaju= 30 euro
Khum shrestha= 30 euro
Leena karanjit 30 euro
Surendra amatya= 20 euro
Kishor shrestha= 20 euro
