Author
ParbatNepal

Contributor, ParbatNepal

6 years ago

2272




पर्वत मञ्च हंङकङका अध्यक्ष गुरुङ जापानमा सम्मानित
पर्वत मञ्च हंङकङका अध्यक्ष गुरुङ जापानमा सम्मानित

पर्वत पर्वत मंच हङकङका अध्यक्ष दुर्गा गुरुङमिलन जापानमा सम्मानित हुनुभएको पर्वत समाज जापानले एक कार्यक्रमका बिच सम्मान गरेको हो विभिन्न पेशा व्यवसायमा संलग्न गुरुङ आफ्नो प्रोडक्शनमा निर्मित गुरुङ भाषा, संस्कार सँस्कृतिमा आधारित चलचित्रभेडि गोठालेकोच्यारिटि सो गर्न जापान पुगेका बेला उहाँलाई सम्मान गरिएको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो

पर्वत जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै गुरुङलाई सम्मान गरेको जोशीले बताउनु भयो समाजले विभिन्न व्यक्तिहरुलाई सम्मान गदै आएको सामाजिक अभियान्त एवम् पूर्व खेलाडी समेत रहेका गुरुङलाई समाजका संरक्षक ईश्वर जोशी, सल्लाहकारहरु महेश श्रेष्ठ, ओम गुरुङ मोहन गुरुङ लगायतको टोलीले सम्मान गरेको जनाईएको

कार्यक्रममा बोल्दै सम्मानित गुरुङले पर्वतको आर्थिक तथा भौतिक विकासमा प्रवासीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो जन्मदिने आमा पहिलो पाईला टेकेको धर्ती प्राणभन्दा प्यारो हुने भन्दै आफ्नो जन्मभूमिको विकास प्रति सवै प्रवासीहरु एकजुट हुनुपर्ने धारण राख्नुभयो

 साथै उहाँले प्रवासीहरुले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने धारण राख्नुभयो ।कार्यक्रममा पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले समाजले जिल्लाको विकासमा खेलेको भूमिकाका विषयमा जानकारी गराउनु भएको थियो

अध्यक्ष जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन समाजका महासचिव जनक सुवेदीले गर्नुभएको थियो    

सम्बन्धित समाचार ( जापान )
सम्बन्धित समाचार ( प्रवास)