Contributor, ParbatNepal
6 years ago
2117
जापान (टोकियो) । पर्वत समाज जापानको छैटौँ अधिवेशन टोकियोमा हुने भएको छ ।
समाजका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आगामी अप्रिल
१२ तारिखका दिन छैटौँ अधिवेशन गर्ने
निर्णय गरेको हो । बैठकले छैटौ अधिबेशनका लागि ‘सम्पूर्ण पर्वतेलीहरुको ऐक्यबद्दता, आपसी सहयोग,सदभावप्रति
हाम्रो प्रतिबद्दता’ भन्ने मुल नारा
तय गरेको छ । अधिवेशन अप्रिल १२ तारिख बिहान १० बजे देखी शुरु हुने जनाईएको छ ।
जन्मघर पुर्खौली घर या हालको बसोबास पर्वत भई जापानमा अध्ययन, पेशा, व्यबसाय गरि जापानमा बसोबास गरिरहनु भएका पर्वतेली दाजुभाई दिदीबहिनीहरुले
आगामी अप्रिल ५ तारीक भित्रमा कार्यसमितीका साथीहरु संग सम्पर्क गरि सदस्यता
लिनुहुन अनुरोध गरिएको छ । अप्रील ५ तारिक सम्म सदस्यता लिएकाहरु मात्र महाधिबेशन
प्रतिनिधी भई निर्वाचन प्रणालीमा भाग लिन पाउने निर्णय बैठकले गरेको छ ।
अधिवेशनलाई भव्य र सभ्य बनाउन जापानका
सबै क्षेत्रमा छरिएर रहेका पर्वतवासीलाई समेट्ने गरिसमाजका अध्यक्ष सुजन जोशीको
नेतृत्वमा मुल व्यवस्थापन समिति सहित विविध उप–समिति निर्माण गरिएको छ । बैठकले अधिबेशन तथा नेपाली नयाँ
बर्ष २०७७ को पावन अवसरमा जिल्लाबासीहरू बीच शुभकामना आदान प्रदानको कार्यक्रम एकै
दिनमा गर्ने निर्णय समेत गरेको छ । नेतृत्व चयन पश्चात घोषणा सभा तथा शुभकामना
आदान प्रदान कार्यक्रम रहेको समाजले जनाएको छ । अधिबेशनमा समाजका महासचिबको
सांगठनीक प्रतिवेधन, कोषाध्यक्षको
आर्थिक प्रतिबेदन र आगामी कार्ययोजना तय गर्ने कार्यतालिका छ ।
अधिनेशनको नयाँ नेतृत्व चयनको लागी समाजका सल्लाहकार ओम गुरुङको नेतृत्वमा
मोहन घले र इश्वर जोशी सदस्य रहेको तीन सदस्यि निर्वाचन कमिटी समेत निर्माण गरीएको
छ । बैठकले अधिबेशनमा सम्पूर्ण जापानबासी पर्वतेलीहरूलाई समय मिलाएर उपस्थितको लागी
आग्रह गरेको छ ।
पर्वत समाज जापान पर्वत जिल्लामा
जन्मिएर जापानमा अध्ययन र रोजगारीको शिलशिलामा बसोवास गदै आएका पवतेहरुको साझा
संस्था हो । पर्वत जिल्लाबाट जापानमा आई विभिन्न पेशा ब्यवसाय, अध्ययन, अध्यापन सहित विविध क्षेत्रमा छरिएर रहनुभएका पर्वतेहरूलाई एउटै
संस्थामा समेटेर गरि सन् २००९ यस संस्था स्थापना भएको हो । समाज अहिले जापानबासी
पर्वतेलीहरूको साझा घर बनेको छ । यस संस्थाले अन्तराष्ट्रिय पर्वत समाजसँग समन्वय
गरेर जिल्लाको विकास र समृद्धमा काम गदै आएको छ ।
त्यस्तै समाजले आफ्नो स्थापनाकाल देखीनै जापान र नेपालका बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ । समाजले जिल्लाका असाय, गरीब तथा जटिल स्वास्थ्य समस्या सँगै भईपरि आउने समस्यामा परेका पर्वतेहरुलाई सहयोग गर्नुका साथै दर्जनौ समाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको समाजका महासचिव जनक सुबेदीले जानकारी दिनुभयो । समाजले बिशेष गरी पर्वतबाट जापान आएर समस्यामा परेका पर्वतेहरूलाई सहयोग गदै आएको छ । त्यस्तै पर्वतवासी सँग विभिन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गदै एवम् अतिरिक्त क्रियाकलापहरू मार्फÞत सम्बन्ध विस्तार सँगै उनीहरुका समस्या न्यूनिकरणमा सहयोग गदै आएको महासचिव सुवेदीले बताउनु भयो ।
