Contributor, ParbatNepal
7 years ago
2168
माघ १३ बेलायत । अध्यागमन विभागका प्रमुख ईश्वरराज पौडेल र बेलायतमा रहेका ग्रैह आवासीय नेपाली बिच छलफल भएको छ । अध्यागमन प्रणालीको अध्ययनका लागि बेलायत पुग्नुभएका पौडेल संग एनआरएन यूकेले कार्यक्रमको आयोजना गरि भेटघाट र छलफल गरेको हो ।
भेटघाटमा नेपालको अध्यागमन प्रणालीलाई अत्याधुनिक बनाउने, एनआरएनहरुका लागि छुट्टै डेस्क राख्ने लगायतका अध्यागमन विभागका प्रमुख पौडेलले प्रतिबद्धता जनाउनुभएको छ । अब छिट्टै नेपालमा अन्तरकृया गरेर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने निधो पनि भएको उहाँले बताउनुभयो ।
नेपालको अध्यागमनमा रहेका समस्याले बिदेशबाट जाने नेपालीहरुले दुख भोगेको बताउँदै एनआरएनए आइसिसिका उपाध्यक्ष कुल आचार्यले यसलाई सहज बनाउन सुझाव दिनुभयो । उहाँले नेपालको हरेक क्षेत्रको बिकासमा एनआरएनले सहयोग गरिरहेको र नेपालको विकासमा आगामी दिनमा पनि सहयोग भईरहने बताउनुभयो । कार्यक्रममा बेलायतमा रहेको गैह्र आवसीय नेपाली संघसंस्थाका प्रतिनिधीहरु सहभागी भएका थिए ।
