Contributor, ParbatNepal
6 years ago
2051
लण्डन– पर्वतको जलजला
गाउँपालिका जन्मिएर लामो समय बेलायतमा व्यवसाय गदै आउनु भएका पर्वत कुल आचार्यले
लन्डनमा रहेको होलीकाउ मार्फत अस्पतालका स्वास्थ्यकर्मीहरूलाई निःशुल्क खाना
खुवाउने हुनुभएको छ । बिगत लामो समयदेखी बेलायतमा व्यवसाय गर्दै विभिन्न संघ
संस्थामा आवद्द भई सामाजीक कार्य समेत गर्दै आउनुभएका सफल व्यवसायी एवं समाजसेवी
आचार्यले आफ्ना विभिन्न शाखाहरूबाट नजिकै रहेका स्वास्थ्यकर्मीहरूलाई निःशुल्क
खाना खुवाउने हुनुभएको हो । ‘कोरोना भाइरसवाट विश्व समुदायका अधिकांश मानिसहरूका आफन्ना
पेशा ब्यबसाय यतीबेला ठप्प छन् । संसारका सबै जसो देश लक डाउनमा भएको छ । मानिसहरु
घरभित्र सिमीत छन् । बेलायतमा पनी लकडाउन भएको छ । यसको असर हरेक क्षेत्रमा परेको
छ,’आचार्यले
भन्नुभयो, ‘बिशेषगरी
अस्पतालहरूमा बिमारीहरूको घुईचो छ, अस्पतालका कर्मचारीहरू दिनरात नभनी जोखिम लिएर
बिरामीकोसेवामा निरन्तर खटिईरहेका छन् । यस्तो बेलामा उहाँहरूलाई निःशुल्क खाना
ख्वाउने कार्य हामीले सोच्यौ र हाम्रा नजिकका ब्रान्चहरूबाट अस्पतालहरूका
स्वास्थ्यकर्मीहरूलाई खाना खुवाएको हो’, कुल आचार्यले भने
।
‘विश्व समुदाय संकटमा परेको बेला एनएचएसका स्टाफ, प्रहरी, यातायात लगायतका
अत्यावश्यक सेवा जस्तै आफुहरुले पनि यो संकटको घडीमा ग्राहकहरुको घरघरमा खाना पु¥याएको सेवा
दिईरहेका छौँ, आचार्यले बताउनु भयो । कोरोना भाइरसको माहामारीबाट विश्व
समुदाय आतंक बनीरहेका बेला आचार्यको यो निर्णयले स्वास्थ्यकर्मी मात्र नभई विश्व
समुदाय र प्रवासमा बस्ने नेपालीहरु पनि
खुशी भएका छन् । सन् २००६ बाट सेवा शुरु गरेको होलिकाउ समूहले नेपाली समुदायका
कल्याणकारी गतिविधीहरु सँगै स्थानीय च्यारिटीहरुलाई पनि सहयोग गर्दै आईरहेको छ ।
गएको वर्ष पोर्चुगलको लिस्वनमा समेत यसको शाखा खोलीएको छ । बेलायतमा १ डाइनिंग सहीत ९ वटा टेक वे शाखाहरू
सन्चालनगरेको यो समुहले यो समयमा डाईनीडं रेष्टुरेन्ट बन्द गरेको छ । संकटमा परेका
वृद्धवृद्धाहरुलाई निशुल्क खाना तथा एनएचएसमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अनलाइन
अर्डरमा २० प्रतिशत छुटको व्यवस्था समेत गरेको जनाएको छ ।
पर्वतको जलजला गाउँपालिका–७ धाईरिङका
आचार्य व्यवसायी रुपमा जति सफक छन् सामजिक रुपमा पनि उत्तिकै सक्रिय छन् । कडा
महेनत र परिश्रमले बेलायतमा सफल मानिएका आचार्य
सबैको प्रेरणाका स्रोत बनेका छन् । समाजसेवा बोलेर होईन भावनात्मक रुपमा
आउने कुरा भएको बताउँदै आउने आचार्यले मानव सेवा नै सवैभन्दा भन्दा ठूलो धर्म हो भन्दै आएका छन् ।
आचार्य गÞैर आवासीय
नेपालीहरूको साझा संस्था एनआरएनएका निकै लोकप्रीय व्यक्ति हुन् । एनआरएनएको स्थापनाकाल देखी नै सक्रिय
हुँदै प्रवासी नेपालीहरूको दुख सुखमा हातेमालो गर्दै आएका छन् ।
