Author
ParbatNepal

Contributor, ParbatNepal

5 years ago

1980




बेलायतमा व्यापार, व्यवसायमा पकड बनाउँदै पर्वतेलीहरु
बेलायतमा व्यापार, व्यवसायमा पकड बनाउँदै  पर्वतेलीहरु

"चीनमा हजार जना काम गर्ने फ्याक्ट्री,  लण्डनमा दर्जनबढि पसल , बेलायती सांसद, मन्त्री र राजनीतिज्ञसँगको सिधा पहुँच,  सेलिब्रेटीको रोजाइमा परेका रेष्टुरेण्ट, दर्जनबढि टेकअवे रेष्टुरेण्ट,  नेपालीहरुको पार्टी जमघट हुने ठाउँ "

यी माथिका कुरा सुन्दा कुनै प्रख्यात बेलायती व्यवसायीहरुको जस्तै लाग्छ तर बास्तबिकतामा हाम्रै नेपाली , त्यो पनि पर्बतेली दजुभैहरु को कथा हो,  पर्वतमा जन्मेर बेलायत पुगेका पर्वतेलीको पौरख हो ।पर्वतेलीले त्यहाँको व्यापार, व्यवसायमा पहिचान र पकड बनाउँदै गएका छन ।

पर्वतको गिज्यानमा जन्मेको रविजंगले जन्मभूमि छाडेर कर्मभूमि लागेको दुई दशक पुग्यो । भाग्यले उनलाई लण्डन पुरयायो । उनको रुचि फेसन डिजाइनिङमा थियो । व्यवसायको सुरुवातमा उनले नेपाल र चीनबाट सामान ल्याएर बिक्री गरे । पछि चाइना नै पुगे अनि त्यहाँ कम्पनी खोले । अहिले त्यहाँ एक हजार जनाले रोजगारी पाइरहेका छन । त्यहाँबाट विभिन्न फेसनका कपडा ल्याएर युकेमा बिक्री गर्छन । युकेमा पनि उनको कम्पनीमा ३० जना भन्दा बढीले  रोजगारी पाएका छन । नेपालमा पनि उनको अफिस छ, त्यहाँ पनि दर्जनौ नेपालीले रोजगारी पाइरहेका छन । उनको व्यापार एउटा कम्पनीमा मात्रै सीमित छैन, लण्डनका प्रख्यात स्टोरहरु हाउस ओफ फ्रेजर समेत उनका डिजाइनका कपडाहरु  छन । यो त भयो उनको व्यवसायको पाटो । नेपाल सरकारबाट जनसेवाश्री पदक पाएका लामिछानेको समाजसेवाको अर्कै पाटो छ । हालै युकेमा निर्माण गरिएको पहिलो नेपाली शिव मन्दिरमा पनि उनले ठुलो योगदान गरे । कोरोना पीडितको लागि देशलाई १५ लाख रुपैयाँ सहयोग गरे ।बेलायतका सांसद र राजनीतिज्ञसँग सिधै पहुँच राख्ने ल्याकत राख्छन । त्यहाँका विभिन्न फोरम र संस्थामा आबद्धता उनको छ ।


गैह्रआवासीय नेपाली संघका निबर्तमान केन्दिय उपाध्यक्ष हुन, कुल आचार्य । लण्डनको मुटु मानिने सेन्टर लण्डनमा उनका सातवटा टेकवे रेष्टुरेष्ट र एउटा सिट इन रेष्टुरेण्ट छ । त्यहाँ करिब १००  जना नेपालीले रोजगारी पाएका छन । नेपाली र भारतीय खाना उनका रेष्टुरेण्टमा पाक्छन, त्यहाँ पुग्नेले स्वाद फेर्छन । लण्डनभित्र लोकप्रिय ती रेष्टुरेण्टमा चर्चित सेलिब्रेटीको रोजाइमा पर्छ । व्यक्तिगत व्यवसायभन्दा बाहिर उनी अहिले एनआरएनले बोकेको ठुलो मुद्धा टुंग्याउन दिलोज्यानले लागिपरेका छन । हाल उनी संस्थाको कार्यकारी पदमा त छैनन, तर उनको खटाइ उस्तै छ । गैह्रआवासीय नेपालीलाई नागरिकता दिने मुद्धा एनआएनमा छ र त्यसकै लागि उनी खटिएका छन ।

बेलायतको अल्डरसटमा रहेको एम्पाएर बिजनेश हलका सञ्चालक हुन पुरन गिरी । गिरी अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पनि हुन । अल्डरसटको त्यो बेंक्वटे हलमा दिनहुँ सैयौँ जनाका पार्टी हुन्छ । उनी सातैदिन त्यसैमा व्यस्त हुन्छन । विशेषगरि बेलायमा रहेका सबै नेपालीहरुले सोही हलमा कार्यक्रम गरिरहेका छन । यतिसम्म कि हल पाउन सात महिना पहिला नै बुकिङ गर्नुपर्ने हुन्छ ।अन्तर्राष्ट्रिय पर्वत समाज हाँकेका गिरीले सोही संस्थामार्फत जिल्लाका सामाजिक गतिविधीमा सक्रिय छन ।

तमुधी युके चर्चित र ठुलो सामाजिक संस्था हो । यसका निवर्तमान अध्यक्ष हुन पर्बतेली ज्ञाम गुरुङ । उनले चलाएको पोखरा ट्राभल्स पनि नेपालीमाझ परिचित छ ।पञ्चासेका हरिकुमार गुरुङ बेलायतका सफल घरजग्गा व्यवसायी हुन । पर्वतको गिज्यानका मिठुलाल विश्वकर्मा  यबम दुर्लुङ्गका लाल बहादुर गुरुङ बेलायतको  प्रख्यात सुन पसलका सञ्चालक छन। यसै गरि गंगा राना लण्डनमा ग्रोसरी पसलका संचालक हुन्।  अर्थार का चन्दन गुरुङ्ग अल्डरसटमा रेष्टुरेष्ट चलाउछन्।  उनि गैह्रआवासीय नेपाली संघ बेलायतका सह कोषध्यक्ष समेत हुन।      


युकेमा जमेका धेरै सफल पर्वतेलीमध्ये यी केही प्रतिनिधी पात्र मात्र हुन ।पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष नेत्र आलेले पर्वतेली सफल हुनुले संस्थाको गरिमा बढाउने बताए । “हाम्रो संस्थामा उहाँहरु हुनु भनेको हाम्रै लागि र पर्वतका लागि पनि गौरवको कुरा हो ” उनले भने।  

पर्बतमा जन्मेर बेलायतलाई कर्मभूमि बनाएका हाम्रा दाजुबहिनी एबम दिदीबहिनीहरु सफल व्यवसायीको रुपमा परिचय बनाएका मात्र छैनन् , नेपालमा समेत सहयोग गरिरहेका छन।

na
सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)