Contributor, ParbatNepal
6 years ago
2481
पर्वत
– चर्चित लोक तथा
दोहोरी गायक कुलेन्द्र
विक र फलेवास
नगरपालिका–११ का
वडाध्यक्ष शेरवहादुर सुनार हङकङमा
सम्मानित हुनुभएको छ । गायक विक
र वडाध्याक्ष सुनारलाई
पर्वत मञ्च हङकङले
स्वागत तथा सम्मान
गरेको हो ।
साम्पाङ साँझमा सहभागी हुन हङकङ पुगेका गायक कुलेन्द्र वि.क र पारिवारिक भ्रमणमा वडाध्यक्ष शेरबहादुरलाई मञ्चका अध्यक्ष दुर्गा गुरुङ मिलन र मंचका सल्लाहकार एवं नेपाली जनसम्पर्क समिति, हङकङका सभापति मीनबहादुर गुरुङले स्वागतसहित सम्मान गर्नुभएको हो । कार्यक्रममा मञ्चका सल्लाहकार एवं चेम्बर अफ कमर्स, हङकङका कोषाध्यक्ष धरम कुमार गुरुङ, सल्लाहकार बिसन गुरुङ ,सल्लाहकार तीर्थ गुरुङ, म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका सल्लाहकार बोमबहादुर विक लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष शेरबहादुर सुनारले सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालमा नयाँ संविधान जारी भएपछि विकासको लहर आएको बताउँदै प्रवासीहरुलाई स्वदेशमा लगानी गर्न आग्रह गनुभयो । साथै उहाँले जनप्रतिनिधिहरूका काममा रचनात्मक सुझाव सल्लाहर र खवरदारी आवश्यक रहेको बताउँदै फलेवास नगरपालिको विकास निर्माणमा प्रवासीहरुले खेलेको भूमिका महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
गायक कुलेन्द्र विकले जिल्लाबासीहरू विदेशमा भएर पनि लोकसंस्कृति प्रति देखाएको माया र स्नेहाप्रति प्रभावित भएको बताउनु भयो । कुलेन्द्रले आफू साम्पाङ साँझमा हङकङ आएको बेला मञ्चले सम्झेकोमा धन्यवाद समेत दिनुभयो ।
पर्वत मञ्च, हङकङका अध्यक्ष दुर्गा गुरुङ “मिलन”को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष एवं कार्यक्रम संयोजक भीमबहादुर गुरुङ र पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार बिसन गुरुङले स्वागत गर्नुभएको थियो । मञ्चमा पर्वत जिल्लाका विभिन्न गाउँका एकाइ समाजहरू आबद्ध रहेका छन् । मञ्चले आँखा शिविर, पर्वत साँझलगायतका कार्यक्रम गर्दै आएको छ भने सामाजिक कार्यमा समेत क्रियाशील रहँदै आएको छ ।
