Author
ParbatNepal

Contributor, ParbatNepal

4 years ago

1729




संस्थाका सल्लाहकारको निधनप्रति पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा दुःख व्यक्त
संस्थाका सल्लाहकारको निधनप्रति पर्वत वेलफेयर सोसाईटी यूकेद्धारा दुःख व्यक्त

बैशाख २३, पर्वत पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले संस्थाका सल्लाहकार एवम् सामजिक व्यक्तित्व नारायण कोन्मे गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको पर्वत नेपाल सँग संक्षिप्त कुराकानी गदै अध्यक्ष आलेले गुरुङको निधनबाट पर्वत वेलफेयर सोसाईटीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामना शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको


संस्थाका सल्लाहकार एवम् सामजिक व्यक्तित्व गुरुङको निधनले  हाम्रो संस्थालाई अत्यन्त क्षती पुगेको , अध्यक्ष आलेले भन्नुभयोसंस्थाका निष्ठावान बौद्धिक व्यक्तित्व हाम्रो अभिभावकप्रति श्रद्धासुमन अर्पण गर्दछु कोरोना भाइरस संक्रमणबाट पीडित गुरुङको सोमबार अपरान्ह सवा बजे ननिटनको जर्ज इलिएट अस्पतालमा उपचारका क्रममा निधन भएको थियो

 

पर्वतको फलेवास नगरपालिका ठानामौलामा स्थायी घर भएका स्वर्गीय गुरुङ परिवारसहित लामो समयदेखी बेलायत बस्दै आउनुभएको थियो सामाजिक रुपमा समेत क्रियाशिल स्वर्गीय गुरुङ बेलायतस्थित विभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो उहाँ पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार रहँदै लामो समयदेखी संस्थाका विभिन्न रचनात्मक एवम् सामजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो त्यस्तै उहाँ तमु धिं नेपालका संस्थापक सदस्य, तमुधी यूकेको संस्थापक सदस्य, चार भन्ज्याङ तमु समाज काठमाडौँका संस्थापक एवम् निर्देशक, तमु बौद्ध सेवा समिति काठमाडौँका केन्द्रिय सदस्य तमु समाज बेल्जियमका सल्लाहकार, तमुधी यूकेका आजीवन तथा सल्लाहकार सदस्य, चार भन्ज्याङ तमु समाज यूकेका संरक्षक, यन बि. यूकेका संस्थापक , यन वि. ननिन्टनका सल्लाहकार, अन्तराष्टिय पर्वत समाजका सल्लाहकार एवम् आजिवन सदस्य लगायतका संस्थामा आवद्ध हुनुहुन्थ्यो


अध्यक्ष आलेले प्रवासमा रहेर पनि जिल्लाको विकास समृद्धिको यात्रामा लगायत विभिन्न संघसंस्थामा उहाँले पु¥याएको योगदानको सदास्मरणीय रहेको उल्लेख समेत गर्नुभएको

सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)