Author
ParbatNepal

Contributor, ParbatNepal

7 years ago

2270




बेलायतका नेपाली सेफहरुको अध्यक्षमा दधि आचार्य
बेलायतका नेपाली सेफहरुको अध्यक्षमा दधि आचार्य

पर्वत बेलायतका नेपाली सेफहरुको संगठन -नेप्लिज सेफ एशोसिएसन_ को अध्यक्षमा दधि आचार्य चयन भएका सोमबार लण्डनको ईष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा सम्पन्न संस्थाको दोस्रो अधिवेशनवाट आचार्य अध्यक्ष चयन भएका हुन्   बेलायतमा विगत दशकदेखि  रेष्टुरेन्ट व्यवसायमा संलग्न रहंदै आएका आचार्य पर्वत वेलफेयर सोसाइटी यूकेका पूर्व अध्यक्ष समेत हुन्

 पर्वतको जलजला गाउँपालिका धाईरिङमा जन्मिएका आचार्य हाल लण्डनमा बस्दै आएका छन् सामजिक तथा सहयोगी भावना बोकेका आचार्यले स्वदेश तथा विदेशमा धेरै रचनात्मक काम गदै आएका छन् अध्यक्ष भएसँगै आचार्यले संगठनलाई थप माथि पु¥याउने धेरैले विश्वास लिएका छन्


त्यस्तै समितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने मोहनलाल ओली , महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी सहकोषाध्यक्षमा धर्मागत चापागाईं छन् त्यस्तै, सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सेना, केबि गुरुङ, रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कँडेल, बिक्की सापकोटा, दुर्गा गुरुङ, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कंडेल, देविलाल निउरे, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी पारस सापकोटा चयन भएका छन्

नयाँ कार्यसमितिलाई शुभकामना दिँदै प्रमुख अतिथि राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीले नेपालीहरुको परिकारले नेपाललाई संसारभर चिनाउने काम गरेको बताए नेपालीहरुले गरेको कामले नेपालको शिर उच्च रहेको बताउँदै सबै सेफहरु देशका सच्चा राजदूत रहेको धारणा व्यक्त गरे साथै एशोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई दूतावासको तर्फबाट साथ सहयोग रहने उद्घोष व्यक्त गर्नुभयो

सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)