Contributor, ParbatNepal
6 years ago
2663
बेलायत– बेलायतमा कोरोना भाइरसरको संक्रमणबाट एककक जना पर्वतेलीको निधन भएको छ । पर्वत जिल्ला पैयु गाउँपालिकामा स्थायी घर भई हाल लण्डन अल्पर्टनामा बसोवास गदै आउनु भएका ५९ बर्षिय चेतप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको हो । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभयो । लामो समयदेखि परिवारका साथ बेलायतमा बस्दै आएका पूर्व गोरखा सैनिक गुरुङ १४ दिनदेखि कोरोनाबाट थला परेका थिए । गुरुङको निधनप्रति तमुधि लन्डन इकाइले शोक व्यक्त गरेको छ । यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक संखुवासभाका लीलाबहादुर राई र चितवनका व्यवसायी प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो ।
पर्वत वेलफेयर सोसईटी
यूकेद्धारा दुःख व्यक्त
गुरुङको निधनप्रति पर्वत वेलफेयर सोसईटी यूकेले दुःख व्यक्त गरेको छ । वेलफेयर सोसईटीले सामजिक संजाल फेसबुक मार्फत शोक बक्तव्य जारी गदै गुरुङको निधनप्रति दुःख व्यक्त गरेको हो । ‘वेलफेयर सोसईटी यूकेका शुभचिन्तक गुरुङको निधनले एक जुजारु र उर्जाशील व्यत्तित्व गुमाएको छ । पर्वत वेलफेयर सोसईटी यूके स्वर्गिय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ,’ शोक बक्तव्यमा भनिएको छ ।
