Author
ParbatNepal

Contributor, ParbatNepal

9 years ago

1892




पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य
पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य

पर्वत, १३ मंसिर २०७३ । पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य सर्वसम्मत भएका छन् । समाजको गत शनिवार अल्डरशटमा सम्पन्न पांचौ अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ ११ सदस्यीय कार्यसमितिको चयन गरेको हो । 

अधिवेशनले उपाध्यक्षमा एकबहादुर पुन, संजिव गुरुङ, महा–सचिवमा भरत पौडेल, सचिवमा बिनोद पुरी र कोषाध्यक्षमा नेत्र आलेमगर चयन गरेको छ । कार्यसमितिका अन्य सदस्यहरुमा गम बहादुर गर्बुजा, भिम पुर्जा, अंग गर्बुजा, मेख तिलिजा, गंगा र्खोजा, बासुदेब पौडेल चयन भएका छन् ।

अध्यक्षमा चयन भएका आचार्यले पर्वतका केही दिन अघि मात्रै मल्लाज स्थित विद्याज्योती माध्यमिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरेका थिए । त्यस्तै महासचिव पौडेलले रानीपानी स्थित नेपालतारा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का एक/एक जना विद्यार्थीलाई वर्षेनी पूर्ण छात्रवृत्ति प्रदान गर्दै आईरहेका छन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित पदाधिकारीहरुले पर्वतको विकासका लागि सक्दो प्रयास गर्ने बताएका छन् ।

कार्यसमितिका बाँकी सदस्यहरुको टुङ्गो पदाधिकारी बैठकले लगाउने भएको छ । अधिवेशनको उद्धघाटन अध्यक्ष नरजङ गुरुङ र संस्थापक हितकाज काजी गुरुङले संयुक्त रुपमा गरेका थिए । अधिवेशनमा गैरआवासीय नेपाली संघका यूरोप सँयोजक कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पुरन गिरी,निर्वाचन समितिका संयोजक मान बहादुर गुरुङ, रसबहादुर गुरुङ, नारायणकोने गुरुङ, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ लगायतले शुमकामना मन्तब्य दिएका थिए । सचिव हरि गुरुङले सञ्चालन गरेको उद्धघाटन सत्रमा उपाध्यक्ष दधि आचार्यले स्वागत मन्तब्य दिए । अधिवेशनले कोषाध्यक्ष दिपक जोशी र अध्यक्ष नरजंग गुरुङद्धारा प्रस्तुत आर्थिक तथा वार्षिक प्रतिवेदनलाई सर्वसम्मतले अनुमोदन गरेको छ । सोही अवसरमा तुमधीं यूकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ लगायत पर्वत जिल्लाबाट तमुधीं यूकेमा प्रतिनिधत्व गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो

सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)